Ads

गणेश हिमाल माध्यमिक विद्यालयको ४३औँ अभिभावक दिवस भब्यरुपमा सम्पन्न


काठमाडौं, । काठमाडौंको मुलपानी कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ बाबाचोकमा अवस्थित गणेश हिमाल माध्यमिक विद्यालयमा शनिबार भएको ४३औँ अभिभावक दिवस भब्यरुपमा सम्पन्न । उक्त अभिभावक दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ ।

शनिबार विद्यालय परिसरमा एनप्याब्सन अध्यक्ष सुवास न्यौपानेको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । विद्यालय परिसरमा आयोजित कार्यक्रममा अतिथिहरुले राष्ट र समाज परिबर्तनमा शिक्षाको महत्त्वपूर्ण भुमिका रहने भन्दै शिक्षाले नै हरेक क्षेत्रको बिकासमा महत्त्वपूर्ण भुमिका रहेको धारणा राखेका थिए

विद्यालयका व्यवस्थापक दिनेश नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई वडाअध्यक्ष प्रकाश फुयाल, एनप्याब्सन बागमती प्रदेश अध्यक्ष डिएम महत्व, प्रधानाध्यापक पुष्करराज नेपाल, छिमेकी विद्यालयका संचालक तथा कर्मचारी, जनप्रतिनिधि र शिक्षासँग सम्बन्धित विविध व्यक्तित्वहरूले सम्बोधन गरेका थिए ।

उक्त अभिभावक दिवसको अवसरमा एसईई परीक्षा उतिर्ण भएका विद्यार्थीहरूलाई सम्मान तथा विदाइ कार्यक्रम  गरेका थिए ।

छोटो समयमा नै आफ्नो पहिचान बनाउन सफल यस विद्यालयको पठनपाठन र अतिरिक्तकार्यक्रम संतोषजनक नै भएको अभिभावकहरुको भनाइ थियो ।
हाम्रो संस्कृति नै हाम्रो पहिचान सहित विद्यार्थीहरूले विविध भेषभूषामा सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए ।

 

Ads

सम्बन्धित पोष्टहरू