Ads

म्याग्दी–१ मा महावीर पुनको अग्रता


म्याग्दी,। प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार म्याग्दी निर्वाचन क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता हासिल गरेका छन् ।

शिक्षा मन्त्रीबाट राजीनामा दिएर निर्वाचनमा होमिएका महावीर पुनले त्रिभुज चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार बनेका थिए । पछिल्लो मत परिणाम अनुसार उनले १ हजार ३८१ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्।

म्याग्दी जिल्ला अन्तर्गत पर्ने प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ मा मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू