Ads

सिरहा–१ मा रास्वपाका गुप्ता निर्वाचित


गोलबजार (सिरहा), । सिरहा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट बब्लु गुप्ता प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । उनले ४१ हजार ३३३ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरी नौ हजार ७८४ मत ल्याए । नेकपा ९एमाले०का रामशङ्कर यादवले सात हजार ८६६ मत प्राप्त गरे ।

यहाँ नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र यादवले दुई हजार ८५३ मत पाउँदा जसपा नेपालका सत्यनारायण यादवले दुई हजार २८५ मत पाएका छन् । नवनिर्वाचित सांसद गुप्ता निवर्तमान युवा तथा खेलकुदमन्त्री थिए ।

Ads

सम्बन्धित पोष्टहरू