Ads

सुनसरी-१ मा श्रम संस्कृतीका राई निर्वाचित


धरान (सुनसरी) । सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृती पार्टीका हर्कराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको छ । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उनले ३५ हजार ७४१ मत प्राप्त गरे ।

उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरे । त्यस्तै, नेपाल कम्यूनिष्ट पार्टी ९एमाले०का टीकाराम लिम्बुले छ हजार ४६३ मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा विभिन्न दल १९ र स्वतन्त्रका ७ जनासहित २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । धरान उपमहानगरपालिका, बराहक्षेत्र, राधुनी गरी जम्मा २७ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदातामध्ये ८७ हजार ८ सय ६५ मत खसेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू