काठमाडौं, । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली हस्तकलाको प्रवद्र्धनमार्फत स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणमा जोड दिएकी छिन । नेपाल हस्तकला महासङ्घले शुक्रबार आयोजना गरेको १९औँ हस्तकला व्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै उनले आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन प्रवद्र्धन आवश्यक रहेको बताईन ।
राष्ट्रपति भण्डारीले नेपाली हस्तकला तुलनात्मक लाभको रूपमा रहनुका साथै नेपालको पहिचान एवं गरिमालाई अन्तर्राष्ट्रियरूपमा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन । उनले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा उत्पादित सामग्रीको निर्यात प्रवद्र्र्धन गर्न सकेमात्र मुलुकको चुलिँदो व्यापार घाटा कम गर्न सकिने धारणा व्यक्त गरीन् ।
मेलाले उत्पादन र उपभोक्तालाई आपसमा जोड्नुका साथै नेपाली मौलिक हस्तकलाको प्रवद्र्धनमा टेवा पुग्ने उल्लेख गर्दै उनले देशको सामुदायिक एवं सांस्कृतिक विविधतालाई समेटी नेपाली हस्तकलाका सामग्रीलाई व्यापक विस्तार गरिनुपर्नेमा जोड दिईन ।
हस्तकलाका सामग्रीसहित स्वदेशी उत्पादन प्रोत्साहनका लागि सरकारले विशेष प्राथमिकता दिएको भन्दै राष्ट्रपति भण्डारीले यसबाट स्वदेशी हस्तकलालगायत उद्योगको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्