Ads

‘लोकतन्त्रको चीरहरण गरेर बालेनतन्त्र ल्याउन खोजियो’ : ऐन महर


ऐन महर ले प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित नभएसम्म प्रतिनिधिसभाको बैठक अगाडि बढ्न नहुने बताएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सभामुखसँग रुलिङको माग गर्दै प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएको आरोप लगाए।

उनले भने, “झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको सरकार र त्यसका प्रमुख यो संसद्सँग किन तर्सिरहनुभएको छ ? यो संसद्सँग किन टाढा भइरहनुभएको छ र यसबाट यसलाई छल्न खोजिरहनुभएको छ? यो आज आम नेपाली जनता र हामी यो संसद्मा प्रतिनिधित्व गर्ने सबैको प्रश्न हो ।”

महरले संसद्ले उत्पादन गरेको प्रधानमन्त्री नै संविधान र नियमावलीविरुद्ध गएको आरोपसमेत लगाए।

उनले थपे, “प्रधानमन्त्री किन सदनलाई इग्नोर गर्न खोजिरहनुभएको छ ? खोपीको देउता बन्दै हुनुहुन्छ ? के प्रधानमन्त्री बालेन शाहलाई खोपीको देउता बनाउँदै घण्टी हल्लाएर पूजा गरेको हो ? के बालेनतन्त्र स्थापना गर्न खोजिएको हो ? लोकतन्त्रको चीरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजिएको हो ? संविधानको चीरहरण गरेर कुनै बालेनतन्त्र स्थापना गर्न खोजिएको हो ? आज यी प्रश्नहरू गम्भीर रूपमा उठेका छन् ।”

Ads

सम्बन्धित पोष्टहरू