राष्ट्रिय स्वतन्त्र पार्टी का प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा ले सङ्घीय संसद्को ‘लोगो’ अंकित झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन्।
शेर्पाले बुधबार बिहान ५ः४० बजे सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुग्दै ‘सदनदेखि शिखरसम्म’ भन्ने नारासहित नेपालको संसद् र हिमालबीचको सन्देश विश्वसामु पुर्याएका हुन्।
आरोहण अभियान सुरु गरेको नवौँ दिनमा चुचुरोमा पुगेका उनले सङ्घीय संसद्को झण्डा फहराउँदै आफ्नो यात्रा सफल बनाएका थिए।
३७ वर्षीय मिङ्मा डेभिड शेर्पा पर्वतारोहण क्षेत्रमा विश्वस्तरमै परिचित नाम हुन्। ‘मिङ्मा डेभिड’ नामले परिचित उनले विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने कान्छो आरोहीको कीर्तिमान समेत बनाइसकेका छन्।
उनी २०८२ सालको आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी बाट जनजाति समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
प्रतिक्रिया दिनुहोस्