काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले मन र भावना मिले राजनीतिमा अरु कुरा मिलाउँदै जान सकिने बताउनुभएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी माओवादीको ८ औं महाधिवेशनमा बोल्नुहुँदै अध्यक्ष नेपालले नेपालको राजनीति नयाँ बाटोमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै यसका लागि दलहरुबीच मन र भावना मिल्नुपर्ने बताउनुभयो ।
विचार र मान्यताहरु के हुन भन्ने विषयमा वृहत छलफल आवश्यक रहेपनि देशको रुपान्तरणमा एक स्थानमा हुनुपर्ने बताउनुभयो ।
दलहरु आफ्नै कारणले सिमित घेरामा खुम्चिएको भन्दै उहाँले राजनीतिक क्रन्ति सम्पन्न भएपनी समृद्धि र उन्नत नेपाल निर्माणको काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्