Ads

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण


राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डको शुक्रबार बिहान बसेको बैठकले नतिजा अनुमोदन गर्दै सार्वजनिक गरेको हो।

बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट ४ लाख १८ हजार १७० जना विद्यार्थी सहभागी भएका थिए।

नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरूले बोर्डले तोकेका विभिन्न माध्यमबाट आफ्नो नतिजा हेर्न सक्नेछन्। यस वर्षको नतिजाले अघिल्ला वर्षहरूको तुलनामा विद्यार्थीको शैक्षिक उपलब्धि र समग्र परीक्षा व्यवस्थापनको अवस्थाबारे पनि संकेत गरेको बोर्डले जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू