Ads

काठमाडाैंका पेट्रोल पम्पको बदमासी, मूल्य घटेसँगै ‘सटर डाउन’


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको भोलिपल्टै काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पहरू बन्द भएपछि उपभोक्ताहरूले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

बुधबार उपत्यकाका विभिन्न निजी पेट्रोल पम्पहरूमा ‘पेट्रोल छैन’ र ‘डिजेल छैन’ लेखिएका सूचना टाँसिएको देखिएको छ। मूल्य घटेपछि पुरानो मौज्दातबाट घाटा हुने भन्दै केही व्यवसायीहरूले बिक्री रोकेको अनुमान गरिएको छ।

यस घटनाप्रति सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ। उपभोक्ताहरूले मूल्य बढ्दा तत्काल नाफा कमाउने व्यवसायीहरूले मूल्य घट्दा कृत्रिम अभाव सिर्जना गरेर बदमासी गरेको आरोप लगाएका छन्।

उनीहरूले पेट्रोलियम पदार्थजस्तो अत्यावश्यक वस्तुको आपूर्ति अवरुद्ध गर्नेलाई कारबाही गर्न र बजार अनुगमन कडा बनाउन सरकारसँग माग गरेका छन्। साथै, मूल्य समायोजनको नाममा उपभोक्तालाई सास्ती दिने प्रवृत्ति रोक्न सम्बन्धित निकायले तत्काल हस्तक्षेप गर्नुपर्ने आवाज उठिरहेको छ।

Ads

सम्बन्धित पोष्टहरू