काठमाडौँ, । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल जारी संसदीय दलका उपनेता गणेश पराजुलीले राससलाई जानकारी दिए ।
बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू पनि सहभागी छन् । पार्टी सभापति रवि लामिछानेको आह्वानमा जारी बैठक अनौपचारिक भएको उनले बताए ।
सरकारका कामकारबाहीबारे सांसदहरूलाई जानकारी गराउने र छलफल गर्ने उद्देश्यले मन्त्रीहरूलाई पनि बैठकमा सहभागी गराइएको उपनेता पराजुलीले बताए ।
प्रतिक्रिया दिनुहोस्