Ads

भोटेकोशी बाढीपीडितको उद्धार धमाधम, हालसम्म १२ जनाको उद्धार


काठमाडौँ, । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित रसुवाका बाढीपीडितको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार गरिएको छ ।

नेपाली सेनाका अनुसार सेनाको हेलिकोप्टरमार्फत स्याफ्रुबेँसीबाट छ जना, मैलुङबाट दुई जना र धुन्चेबाट चार जनाको उद्धार गरिएको हो ।

उक्त क्षेत्रमा नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी १२ वटा हेलिकोप्टर उद्धार कार्यमा खटिएका छन् । यसका साथै नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं। १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको पनि सेनाले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू