काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसदहरुलाई मत दिएको प्रमाणका रुपमा फोटो खिचेर ल्याउन लगाइएको भन्दै गगन थापाले असन्तुष्टि जनाएका छन् ।
दलको नेतामा कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री थापा उम्मेदवार छन् । बुधबार बिहान मतदान सुरु हुनुअघि थापाले निर्वाचन समितिलाई मतदानस्थलमा मोबाइल निषेध गर्नुपर्ने बताएका थिए । तर सांसदहरुलाई मोबाइल नै लैजान रोक लगाउँदा उपयुक्त नहुने भन्दै समिति तयार भएन ।
मतदानका क्रममा कतिपय सांसदले आफूले दिएको मतको तस्वीर खिचेको देखेको थापाले बताए । ‘नखिच्नुस् भन्दाभन्दै १०–११ जनाले खिच्नु भयो । कोकोले खिच्नु भयो मलाई सबै थाहा छ, मेरो आग्रह छ, खिचेका साथीहरुले आ–आफ्नो सामाजिक सन्जालमा पोष्ट गर्दिनुस् ।’
मतदान स्थलमा मोबाइल लैजान पाउने कि नपाउने भन्ने विवादले पूर्वनिर्धारित समयभन्दा झण्डै एक घण्टा ढिलो मतदान सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्