Ads

माओवादी केन्द्रको संसदीय दलको नेता चयन भोली, नेतामा प्रचण्डको निश्चित


काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ । सांसदहरुले शपथ लिएपछि माओवादीले दलको नेता चुन्न लागेको हो ।

माओवादी केन्द्रका सांसद रणेन्द्र बराईलीका अनुसार शपथ लगत्तै दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको छ ।

दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित जस्तै छ । उनलाई दलको नेतामा चुनौती दिने माओवादीमा कोही पनि देखिएका छैनन्।

माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित १८ र समानुपातिकबाट १४ गरी ३२ सांसद छन्।

Ads

सम्बन्धित पोष्टहरू