Ads

माओबादी संसदीय दलको नेतामा अध्यक्ष प्रचण्ड र प्रमुख सचेतक पाण्डे


काठमाडौं । संसदीय दलको नेता चयनका लागि नेकपा माओवादी केन्द्रको बैठक सुरू भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी छ ।

संसदीय दलको बैठकअघि पदाधिकारी बैठकले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिव हितराज पाण्डेलाई प्रमुख सचेतक बनाउने निर्णय गरिसकेको छ ।

पदाधिकारीको उक्त निर्णय अनुमोदनका लागि संसदीय दलको बैठकमा पेश गरिएको छ । प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा माओवादीका ३२ सांसद छन् ।

Ads

सम्बन्धित पोष्टहरू