काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । बिहीबार संसदीय दलको नेता चुनिएलगतै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका थिए ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु पनि छलफलमा थपिएका छन् । नेताहरुबीच नयाँ सरकार गठन र शक्ति बाँडफाँट लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्