काठमाडौं । प्रतिनिधिसभाका सदस्य चन्द्रकान्त (सिके) राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुलाइै ‘मधेशी भाषा’मा शपथ गराईएको थियो । मधेशी आयोगले विहिबार मधेशी आयोगमा सूचीकृत नभएको ‘मधेशी भाषा’मा शपथ गराएको भन्दै संघीय संसद सचिवालयलाई स्पष्टीकरण सोधेको छ ।
प्रतिनिधिसभाका सदस्य राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुले मधेशी भाषामा शपथ लिएको विषयमा उजुरी परेपछि आयोगले सचिवालयलाई स्पष्टीकरण सोधेको हो ।
हालसम्म भाषा आयोग प्रकाशित गरिएको ‘सरकारी कामकाजका भाषा सम्बन्धी सिफारिसहरू ( २०७८ ’र मधेशी आयोगमा ‘मधेशी भाषा’ सुचिकृत नभएको देखिएकोले उक्त भाषामा प्रतिनिधि सभाका सदस्यहरुले औपचारिक कार्यक्रममा शपथ लिनु गम्भीरताको विषय भएको आयोगको ठहर छ ।
त्यसको असर नेपालमा विद्यमान रहेका सुचिकृत अन्य भाषाहरु माथि नकारात्मक प्रभाव परेको देखिने आयोगले जनाएको छ। आयोगलाई संघीय संसदको सचिवालयले कुन आधारमा मधेशी भाषामा सपथ लिन मान्यता दिएको भनी स्पष्ट हुने गरी जानकारी गराउन आयोगले निर्देशन दिएको उपसचिव सविता डंगोलले बताइन् ।
प्रतिक्रिया दिनुहोस्