काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिस्थिति नियन्त्रणबाहिर जान्छ कि भन्ने डर लागेको बताएका छन् । लगातार सत्तागठबन्धनलाई जोगाउनु पर्छ भन्दै आएका नेता पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारको बैठक छाडेर बाहिरिएपछि यस्तो बताएका हुन् ,
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पावर शेयरिङमा कुरा नमिलेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोटतर्फ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रूस्थान भएका छन् ।
उनले भने, ‘हाम्रो हातबाट सबैथोक जान्छ कि भन्ने डर छ, के हुन्छ यो देशको अवस्था मलाई चिन्ता छ ।’ कांग्रेस नेता विमलेन्द्र निधिले राष्ट्रपति र प्रधानमन्त्री पद कांग्रेसले लिने देउवाको सन्देश आइतबार विहान प्रचण्डलाई सुनाएका थिए । उनले दोस्रो पालोमा प्रधानमन्त्री पद लिन प्रचण्डलाई आग्रह गरेका थिए ।
आइतबार नै बालुवाटारमा बोलाइएको सत्तारुढ गठबन्धनको बैठक पनि रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्