Ads

सांसद थापाले नेता गौतमलाई भने : अब तपाईंको इच्छा पूरा भयो त ?’वक्तव्य दिएर एमालेमा फर्किनुहोस


काठमाडौं । नेता वामदेव गौतमले एमाले नेता तथा सांसद सूर्य थापालाई बधाई दिएका छन् । २०७४ को निर्वाचनमा बर्दियाबाट आफूलाई हराउन सूर्य थापाले महत्वपूर्ण भूमिका खेलेको आरोप लगाएका गौतमले विहिबार सांसद थापालाई बधाई दिएका हुन् ।

सांसद थापाले २०७० मा गौतमलाई प्युठान लगेर चुनाव जिताएका थिए । त्यपिछि बर्दिया झरेका गौतम पराजित भए । काठमाडौं क्षेत्र नं. ५ मा ईश्वर पोखरेलको चुनावी कमाण्डर बनेका थापामाथि गौतमले आफूलाई हराएको आरोप लगाएर कारबाहीको मागसमेत गरे ।

प्युठानबाट निर्वाचित पूर्वसांसदहरुलाई भेट्ने क्रममा आफूले गौतमलाई भेट गरेको सांसद थापाले बताए । एमाले पोलिटव्युरो सदस्य थापाले गौतमलाई वक्तव्य दिएर एमालेमा फर्किन सुझावसमेत दिएका छन् । उनले गौतमको इच्छा पूरा भएकाले अब एमालेमा फर्किन भनेका हुन् ।

थापाले भने, ‘प्रचण्डलाई प्रधानमन्त्री बनाउने तपाईंको इच्छा पूरा भएको छ । अब वक्तव्य दिएर पार्टीमा फर्किनुस् । प्रचण्डलाई प्रधानमन्त्री बनाउनकै लागि तत्कालीन नेकपामा त्यत्रो गर्नुभयो, उनले भने, अब तपाईंको इच्छा पूरा भयो त ?’

गौतमले भने एमालेले ७० वर्षे उमेर हद विधानमा लगाएकाले आफू एमालेमा फर्किएर पनि केही भूमिका नपाउने भन्दै विधानको सो व्यवस्था हटाइनुपर्ने बताएका छन् ।

भेटमा गौतमले आफू झण्डै गठबन्धनबाट प्यूठानमा चुनाव लड्न लागेको बताएका थिए । गौतम प्युठानबाट चुनाव लड्ने गरी गठबन्धनमा माओवादीको चुनाव चिन्ह लिएर गएका थिए ।

तर, मसालले सो क्षेत्र नछाडेपछि उनले चुनाव लड्न पाएनन् । पाँच दलीय गठबन्धन एमालेभन्दा २० हजार बढी मतले अघि रहेको क्षेत्रमा थापाले साढे ५ हजार बढी मतान्तरले गठबन्धन उम्मेदवारलाई पराजित गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू