काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्मला हत्याकाण्डको अनुसन्धान अवस्थाबारे नेपाल प्रहरीसँग ब्रिफिङ लिएका छन् । उनलाई नेपाल प्रहरीका महानिरिक्षक सहितको टोलीले घटनाको अनुसन्धन प्रगति जानकारी गराए ।
मन्त्री पदमा बहालीपश्चान पहिलो निर्णय नै निर्मलालाई न्याय दिलाउन अधिकतम पहल गर्ने निर्णय गरेका लामिछानेले प्रहरीसँग परामर्श गरेका हुन् । प्रहरीले उनलाई घटनाको अनुसन्धान अहिले पनि जारी रहेको तर कुनै निस्कर्षमा पुग्न नसकेको बताएका थिए ।
गृहमन्त्री लामिछानेले यस घटनाले सिंगो प्रहरी संगठनकै प्रतिष्ठामा आँच आएकाले अझै गम्भीर भएर अनुसन्धानमा जुट्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्