Ads

समृद्ध मात्र हाेईन सभ्य अर्घाखाँची बनाओैँ : नवनिर्वाचित साँसद रायमाझी


काठमाडौं । प्रतिनिधि सभा सदस्य विजुला रायमाझीले समृद्ध सँगसँगै सभ्य अर्घाखाँची बनाउनेतर्फ ध्यान केन्द्रित गर्न आग्रह गरेकी छन् । नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यमा समानुपातिकतर्फबाट उम्मेदवार निर्वाचित रायमाझीले समृद्ध र सभ्य जिल्ला बनाउनकाे लागि सवैकाे साथकाे अपेक्षा गरिन् ।

जनताकाे मत लिनकाे लागि पार्टीकाे रुपमा मैदानमा गएपनि निर्वाचित भईसकेपछि एकमना एकताका साथ जिल्लाकाे विकास र समृद्धिमा ध्यान दिनुपर्ने रायमाझीकाे भनाई छ ।

गरिखाने वर्गकाे हित हुनेगरी सवै अगाडि बढ्नुपर्नेमा नवनिर्वाचित साँसद विजुला रायमाझीले बताइन् । आफूमा ब्यक्तिगत महच्वाकाँक्षा नभएकाे बताउँदै भाइचारा सम्वन्धका साथ अगाडी बढ्नका लागि रायमाझीले सवैकाे साथकाे अपेक्षा गरिन् ।

Ads

सम्बन्धित पोष्टहरू