काठमाडौं । विकास खर्च बढाउन माग गर्दै नेपाल उद्योग परिसंघका पधादीकारीहरु उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेका छन् । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको मंगलबार परिसंघ टोलीले श्रेष्ठलाई भेट्दै यस्तो माग गरेका हुन् ।
अध्यक्ष अग्रवालले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकतामा जोड दिनुपर्ने बताए । उनले पूर्वाधारमा कम लगानी भएको, विकास खर्च कम हुँदा समग्र पूर्वाधार उद्योगमा सुस्तता आएको उनको भनाई छ । पूर्वाधार क्षेत्रमा सुस्तता आउँदा निर्माण व्यवसायीसहित निर्माणसँग सम्बन्धित सबै क्षेत्रमा मन्दी आएको उनले भने, ।,
उनले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने कदमसहितको अवधारणा उपप्रधानमन्त्री श्रेष्ठलाई बुझाए ।
परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ ।
परिसंघको सुझाव सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि परिसंघको सुझाव महत्वपूर्ण रहेको बताए । उनले समस्या समाधान गर्दै अगाडि बढ्न आश्वासन दिएको परिसंघको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्