Ads

राष्ट्रिय सहमतिको सरकार बनाउऔँ : वरिष्ठ नेता पौडेल


काठमाडौँ, । राष्ट्रपतिको आकांक्षी काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए । मंगलबार स्पिकर्स फोरम नेपालले काठमाडौँमा प्रदेश सभाको आगामी कार्यभार र दायित्व विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए ।

उनले देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको तथा राजनीतिक, आर्थिक र सामाजिक लगायतका समस्याहरूले घेरिरहेकाले समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको जिकिर गरे । उनले भने, ‘यहाँ जो राष्ट्रिय सहमतिको कुरा आइराख्छ नि बेला बेलामा ।

यो बेला हो कि । आज यो देशमा के भइराखेको छ, एकातिर अर्थतन्त्रको यत्रो खतरनाक अवस्थामा छ भन्ने छ । विश्वको मन्दी यहाँ पनि घुम्दै आइराखेको छ । अर्कोतर्फ चीनबाट उत्पन्न भएको कोरोना फेरि घुम्दै घुम्दै इन्डिया हुँदै नेपाल आउँदैछ भनिएको छ ।

यहाँ राजनीतिक, आर्थिक, स्वास्थ्य सम्बन्धी, सामाजिक, मानवीय समस्याहरूले हामीलाई घेरिरहेका छन् । यो घेरिरहेको बेलामा हामीले आफ्नो उपयुक्त बाँच्ने उपाय के हो त ? मलाई अझै पनि लाग्छ राष्ट्रिय सहमतिको एउटा खोजी गरौँ ।

अझै पनि लाग्छ हामी मिलेर नेपालको स्वार्थमा, नेपालीको, प्रजातन्त्रको स्वार्थमा । ७० वर्ष लडेर प्राप्त गरेको परिवर्तन, व्यवस्था, यो संविधानको स्वार्थमा एकपटक फेरि हामीले राष्ट्रिय सहमति खोज्ने हो कि ?

वरिष्ठ नेता पौडेलले सांसदहरूलाई ऐन, कानून बनाउनका लागि जनताको प्रतिनिधिको रूपमा पठाइने भए पनि सांसदहरू विकास निर्माणको काममा मात्रै केन्द्रित हुने गरेका बताए । जनताले पनि सांसदहरूलाई विकासे कार्यकताको रूपमा बुझ्दा समस्या भएको बताए ।

जनताले सांसदले कति विकास ल्यायो ल्याएन भन्ने मात्र हेर्ने गरेपछि सांसदहरू पनि विकास निर्माणको काममा मात्रै केन्द्रित हुनुपर्ने बाध्यता रहेको उनको भनाई थियो । उनले संविधानले दिएजति अधिकार स्थानीय तहले पाउन नसकेको बताए । केन्द्रीकृत मानसिकताबाट मुक्त हुन नसकेका कारण स्थानीय तहहरूले अधिकार नपाएका उनको जिकिर थियो ।

 

Ads

सम्बन्धित पोष्टहरू