Ads

हिन्दुराष्ट्र र राजसंस्था पूर्नस्थापना हुनुपर्छ : प्रदेश सांसद सन्तोषी


सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाही ठकुरीले नेपालमा पहिचानको रुपमा हिन्दुराष्ट्र र अभिभावकको रुपमा राजसंस्था पूर्नस्थापना हुनुपर्ने जोड छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबा निर्वाचित सांसल सन्तोषीले प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्दै जनताको सेवा र बिकासका लागि पार्टीको आखाबाट नहेरी सबै एकढिक्का भएर अगाडी बढ्न समेत आग्रह गरिन् ।

जनताबाट निर्वाचित भएका सबैलाई शुभकामना दिदै, नेपाल एकिकरणको घटना र शहिदहरुलाई सम्झदै सांसदको भूमिका निर्वाह गर्ने उनीले पद्धिपत्द्धता व्यक्त गरिन । पछिल्लो समय नेपालमा विदेशी हस्तक्षेप बढेको र राजसंस्था हटाउने गलत निर्णयका कारण आज देशमा अस्थिरता बादलहरु ढगमगाईरहेको उनको भनाई छ ।

Ads

सम्बन्धित पोष्टहरू