Ads

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेबाट हिक्मतकुमार कार्कीले दाबी पेश गर्ने


विराटनगर । शीर्ष नेताहरूबीच प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा पर्ने सहमति भएको छ । नेकपा एमाले प्रदेश १ का संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।

कार्कीले आज दिउँसोसम्म दाबी पेश गर्ने तयारी गरेका छन् । माओवादीले प्रदेश १ को मुख्यमन्त्री पाउनु पर्ने दाबी गरेपछि मुख्यमन्त्रीको दाबी पेश भएको थिएन ।

संविधानको धारा १६८ (२) बमोजिम २ वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुंगले आजसम्मको सीमा दिएका थिए । सीमा दाबी लिएर प्रदेश प्रमुखसमक्ष जाने तयारी भएको एमाले स्रोतले जनाएको छ ।

मुख्यमन्त्रीमा दाबी पेश गर्न चाहिने कागजी दस्ताबेज तयार भइसकेको एमाले प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले जानकारी दिए । ‘सत्ता साझेदारी दलहरूको सहभागितामा दाबी पेश गरिन्छ, हामी त्यसको तयारीमा लागिरहेका छौ,’ उनले भने ।

माओवादी औपचारिक निर्णय हुन बाँकी रहेपनि प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा परेको जनाएको छ । हामीले दाबी गरेका हौँ । माओवादीका एक नेताले भने प्रदेशमा एमाले नेतृत्वको सरकार बन्ने छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू