Ads

कंडेललाई कर्णाली सरकारमा सहभागी हुने नहुने जिम्मा


हेमन्त केसी

सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेश सभाको संसदीय दलको आज बसेको बैठकले सरकारमा सहभागि हुने वा नहुने भन्ने बारेमा नेकपा माओवादी केन्द्रसँग वार्ता, छलफल र सहभागिता बारे निर्णय गर्ने अधिकार दलका नेता यामलाल कंडेललाई दिएको छ ।

एमाले सांसद टेकराज पछाईका अनुसार झण्डै तीन घण्टाभन्दा लामो सयम चलेको उक्त वैठकले सो अधिकार दलका नेतालाई हस्तान्तरण गरेको हो ।

सत्तारुढ गठबन्धनसँग वार्ता गर्ने, छलफल गर्ने र सरकारमा सहभागिता बारेमा निर्णय गर्ने एकल जिम्मेवारी दलका नेतालाई दिने निर्णय भएको हो ।

Ads

सम्बन्धित पोष्टहरू