Ads

मधेश प्रदेशमा जसपा नेता यादवद्वारा मुख्यमन्त्रीमा दाबी पेश


काठमाडौं । मधेश प्रदेशमा जनता समाजवादी पार्टीका प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । नेता यादवले बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष आफ्नो दाबी पेश गरेका हुन् ।

यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा, नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यले समर्थन गरेका छन् । साथै  स्वतन्त्र प्रदेशसभा सदस्यहरु सुरिता साह र अनिरुद्द सिंहको समेत यादवलाइ समर्थन छ ।

सरकार गठनका लागि मधेश प्रदेशमा १६ जना प्रदेशसभा सदस्यसहित तेस्रो वरीयतामा रहेको जसपालाई नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १/१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित  कूल ६३ जना प्रदेशसभा सदस्यको समर्थन छ।

Ads

सम्बन्धित पोष्टहरू