Ads

सुदूरपश्चिम प्रदेश सभामुखमा एमालेका भण्डारी र कांग्रेसका रावलले दिए उम्मेदवारी


धनगढी । नेकपा माओवादी केन्द्रबाट भीम भण्डारीले सुदूरपश्चिम प्रदेश सभामुखमा उम्मेदवारी दिएका छन् । उनले सभामुखका लागि आज उम्मेदवारी दर्ता गरेका हुन् ।

भण्डारीको प्रस्तावकमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा एमालेकी जानकी बम ऐर छन् ।

नेकपा एमाले र माओवादीसहितका सत्ता गठबन्धनबीच सुदूरपश्चिमको सभामुख माओवादीले पाउने सहमति भएको छ ।

नेपाली कांग्रेसबाट भने सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानहादुर रावलले पनि सभामुखको उम्मेदवार दिएका छन् । उनको प्रस्तावकमा पृथ्वीबहादुर सिंह र समर्थकमा मेघराज खड्का छन् ।

सभामुख चयनका लागि सुदूरपश्चिममा भोलि बिहीबार मतदान हुने छ ।

 

Ads

सम्बन्धित पोष्टहरू