Ads

प्रधानमन्त्रीले विश्वास पाएसँगै सातै प्रदेशमा मुख्यमन्त्री


  • धर्म सुनार

काठमाडौँ, । नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत पाए सँगै सबै प्रदेशले मुख्यमन्त्री पाएको छ । उनले एमालेसहित सात दलको समर्थनमा पुष १० गते प्रधानमन्त्रीमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेश गरेका थिए ।

केही समयमै उनलाई राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिईन् । संविधानको सो धारा अनुसार प्रधानमन्त्रीमा नियुक्त भएपछि तीस दिन भित्रमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । उनले सोहि अनुसार मंगलबार प्रतिनिधिस भाबाट विश्वासको मत लिएका हुन् ।

उनले विश्वासको मत लिन प्रतिनिधिसभामा राखेको प्रस्तावको पक्षमा २६८ सांसदहरूले समर्थन गरे । प्रतिपक्षसमेत रहेको नेपाली कांग्रेसले पनि उनलाई विश्वासबो मत दिएको छ । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि आफु प्रतिपक्षमै रहने बताएको थियो ।

नेपालको संसदीय दलको इतिहासमा प्रधानमन्त्री प्रचण्डले सदनमा लगभग सबै सांसदको विश्वासको मतसहित यो अभूतपूर्व समर्थन प्राप्त गरेका हुन् । उनलाई प्रतिनिधिसभामा रहेका १२ मध्ये १० दलको समर्थन प्राप्त भएको छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएसँगै सबै प्रदेशमा सरकार गठन भएको छ । सबै प्रदेशमा सात दलिय गठबन्धनको सहमतीमा सरकार बनेको छ । सात वटा प्रदेशमा एमालेले ४ र माओबादी केन्द्रले २ र जसपाले एक पाएको छ । प्रदेश १, बागमती, लुम्बीनी र कर्णली प्रदेशमा एमाले र माओबादीले आलोपालो सरकार चलाउने सहमति भएको छ । सबै प्रदेशका आज बुधकार साझ सम्म प्रदेश प्रमुखले सरकारका लागि मुख्यमन्त्री नियुक्ति गरिसकेका छन् ।

सातै प्रदेशमा मुख्यमन्त्री नियुक्ति

सातदलीय गठबन्धनको शीर्ष नेताहरुले सतै प्रदेशमा नेतृत्व टुङ्ग्याएकोछ । नेतृत्व टुङ्ग्याएसँगै सातै प्रदेशका मुख्यमन्त्री नियुक्ति भएका छन् । प्रदेश प्रमुखहरुले तोकेको समय सीमाभित्र प्रदेश सरकार गठन भएको हो ।

प्रदेश १ मा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्रीमा नियुक्ति भएका छन् । एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश सहइन्चार्जसमेत रहेका कार्की पुष २४ गते आईतबार मुख्यमन्त्रीमा नियुक्ति भएका हुन । प्रदेशसभाका ६० सांसदहरूको समर्थनप्राप्त कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उनी प्रदेशका चौथो मुख्यमन्त्री हुन् ।

कार्कीले एमालेसहित माओवादी, राप्रपा र जसपाका सांसदहरूको समर्थनमा दाबी पेश गरेका थिए । प्रदेश १ मा सत्तागठबवन्धनबाट एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना गरी कुल ६० सांसदको समर्थन पाएका थिए ।

मुख्यमन्त्री काकीले शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच भागवण्डा हुँदा प्रदेश १ को नेतृत्व पाँच वर्षका लागि एमालेले पाउने सहमति भएको छ ।

तर माओवादी केन्द्र प्रदेश संसदीय दलले प्रदेशको नेतृत्व आधा–आधा कार्यकाल हुनुपर्ने दाबी गर्दै सरकारमा सहभागी नभएको हो । माओवादी सरकारमा सहभागी नभए पनि मुख्यमन्त्री कार्कीले राप्रपा र जसपालाई सरकारमा सहभागी गराएर बहुमत सुरक्षित गरेको छ ।

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा)ले पाएको छ । जसपाका मधेश प्रदेश संसदीय दलका नेता सरोज यादव बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

मधेश प्रदेश सभाका १०७ सदस्यमध्ये ६३ सांसदको हस्ताक्षरसहित यादवले बुधबार मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । उनलाई आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १÷१ र स्वतन्त्र सदस्य गरी ६३ जनाको समर्थन प्राप्त भएको छ ।

मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्न प्रमुख मिश्रले पुस २८ गते अपरान्ह ४ बजेसम्मको समय तोकेका थिए । उनले बुधबार नै मुख्यमन्त्रीममा दाबी पेश गरेका थिए । प्रदेश प्रमुखले यादवलाई मुख्यमन्त्रीमा बुधबार नियुक्त गरेका थिए । उनको शपथ पुस २९ गत मात्र हुने भएको छ ।

बागमती प्रदेशमा भने माओवादी केन्द्रले मुख्यमन्त्री पाएको छ । माओबादी प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनले आगामी माघ ३ गते विश्वासको मत लिँदैछन् ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेले पाएको छ । एमालेका प्रदेश संसदीय दलका नेता लिला गिरीलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । प्रदेश प्रमुख अमिक शेरचनले बुधबार संविधानको धारा १६(२) बमोजिम नेकपा एमालेका संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनले एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्रसहित ५८ सांसदको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पूरै कार्यकालका लागि एमालेलाई परेको छ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेत खगराज अधिकारी नियुक्त भएका छन् । उनीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनले ६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङे (३३ जना)को समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए । उनलाई प्रदेश प्रमुखले सोमबार मुख्यमन्त्रीमा नियुक्त थगरेका थिए ।

कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादीलाई एकलौटी दिने निर्णय भएपनि प्रदेशस्तरमा एमालेसँग आलोपालो गर्ने सहमति भएको छ । सातदलीय गठबन्धनको शीर्ष नेताहरुले कर्णाली एकलौटी माओबादीको नेतृत्वलाई प्रदेश एमालेले अस्वीकार गरेको छ । बुधबार मात्र आलोपालो सहमति भएको छ । सो अनुसार पहिलो चरणमा साढे २ वर्ष माओबादी केन्द्र र दोस्रोमा एमालेले नेतृत्व गर्ने सहमति भएको छ ।

माओबादी र एमालेको सहमति भएपछि कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त भएका हुन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । शर्माले भोलि मात्रै पद तथा गोपनीयताको शपथ गर्ने छन् ।

शर्मालाई मुख्यमन्त्री नियुक्तिका लागि माओवादी केन्द्र, एमाले, राप्रपा, र नेकपा एस गरी २५ सांसदको समर्थन छ । माओवादी पोलिटव्युरो सदस्य रहेका शर्मा रुकुमपश्चिम प्रदेशसभा (२) बाट निर्वाचित भएका हुन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेश सत्तारूढ गठबन्धनको प्रमुख घटक नागरिक उन्मुक्ति पार्टीले निर्णय लिन ढिला गरेका थियो । रेशम चौधरीको रिहाइसहितका मुद्दा सम्बोधन गरेको अवस्थामा मात्र सरकारलाई समर्थन गर्ने सो पार्टीले अडान लिएको हो ।

बुधबार बिहानै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरिएको भएपनि नागरिक उन्मुक्ति पार्टीले निर्णय लिन ढिला गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको आश्वासनपछि अन्तिम अवस्थामा समर्थन गरेको छ ।

प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनको समयमै नेकपा एकालेका राजेन्द्र रावलले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । रावललाई प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा(२) अनुसार सुदूरपश्चिम प्रदेशको दोस्रो मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।

रावल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी कञ्चनपुरबाट समानुपातिक प्रणालीबाट एमालेको प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेश प्रमुखको कार्यालयले बिहीबार बिहान मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम राखेको छ ।

 

 

Ads

सम्बन्धित पोष्टहरू