Ads

कांग्रेस पदाधिकारी बैठक : सभामुख र उपसभामुखको निर्वाचनको लागि अन्य दलसँग छलफल गर्न


काठमाडौं । नेपाली कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनको लागि अन्य दलसँग छलफल गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

बैठकले सभामुख र उपसभामुख चुनावबारे सत्ताभित्र र बाहिरका दलसँग छलफल गर्ने निर्णय गरेको सहमहामन्त्री बन्द्री पाण्डेले जानकारी दिए ।

स्ववियु निर्वाचन पनि आएकाले नेविसंघ र तरुण दललगायत भ्रातृ संस्थालाई पूर्णता दिनेबारे पनि छलफल भएको पाण्डेले बताए ।,

प्रतिनिधिसभामा सभामुख चयनका लागि माघ ५ गते निर्वाचन मिति तय गरिसकिएको छ । सातदलीय गठबन्धनमा सभामुख एमालेलाई दिने सहमति भइसकेको छ ।

Ads

सम्बन्धित पोष्टहरू