Ads

थारु समुदायको उत्थान, विकास र मुद्दामा ध्यान र विवेक पुर्‍याउने छु : गृहमन्त्री लामिछाने


चितवन, । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले थारु समुदायको उत्थानका लागि आफू लागि पर्ने बताएका छन् । पूर्वी चितवनको खैरहनीमा विहिबारदेखि सुरु भएको आठौँ खिचरा महोत्सवको उद्घाटन गर्दै उनल् थारु समुदायको समस्या समाधानमा सरकार र आफ्नो मन्त्रालय लागि पर्ने बताएका हुन् । उनले भने, “थारु समुदायको उत्थान, विकास र मुद्दामा ध्यान र विवेक पुर्‍याउने छु ।”

थारु संस्कृति जगेर्ना हाम्रो जिम्मेवारी भएको भन्दै यो समुदायको संस्कृति जगेर्ना गर्नका लागि यस्ता मेला महोत्सव आवश्यक पर्ने उनको भनाई थियो । “थारु समुदायबाट अन्य समुदायले सत्कार र सम्मानको विषयमा सिक्नु पर्छ, उनले भने , जनताको दिएको जिम्मेवारी पूरा गर्नका लागि समय व्यवस्थापन गर्दै थारु समुदायको उत्थानमा लाग्ने छौँ ।

 

Ads

सम्बन्धित पोष्टहरू