Ads

कांग्रेसको महाधिवेशनमा मधेसी कोटामा जितेका विनोद चौधरीविरुद्ध निर्वाचन आयोगमा उजुरी


काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मधेसी कोटाबाट केन्द्रीय सदस्य जितेका उद्योगि विनोद चौधरीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।

चौधरीविरुद्ध मधेसी कोटामा प्रतिस्पर्धा गरेका नेता डा. सुभाषचन्द्र यादवले उजुरी दिएका छन् । उनले मधेसी खुल्लाबाट केन्द्रीय सदस्यमा विजयी भएका चौधरी कांग्रेसमा १० वर्ष क्रियाशील नभएको उजुरीमा जनाएका छन्।

उजुरीमा यादवले विनोद चौधरी कांग्रेसमा निरन्तर १० वर्ष क्रियाशील सदस्य नभएका व्यक्ति भएको उल्लेख गरेका बताइएको छ । चौधरी २०७४ सालमा मात्रै कांग्रेसमा प्रवेश गरेकोले उनले केन्द्रीय सदस्यमा उम्मेदवार नै हुन नपाउने स्पष्ट रहेको उल्लेख गरेका छन् ।

क्रियाशील सदस्यता लिएको १० वर्ष नपुगेका व्यक्ति केन्द्रीय समितिमा जान नसक्ने विधान व्यवस्था भएकाले विधान विपरीत चौधरीलाई विजयी बनाएको उनको आरोप छ । निर्वाचन आयोगबाट न्याय नपाए अदालत जाने चेतावनी यादवले दिएका छन् ।

‘चौधरीजीले मनोनयन दर्ता गर्ने बेलामा नै मैले उजुरी दिन खोजेको थिएँ तर मेरो उजुरी त्यो बेला लिइएन, त्यसपछि निर्वाचन समितिमा संयोजक गोपालकृष्ण घिमिरेलाई उजुरी लिन नमानेको बारेमा जानकारी गराएको यादवको भनाइ छ ।

यादवका अनुसार १६ मंसिरमा दिएको उजुरी कांग्रेस केन्द्रीय कार्यालयले १ सय ३५ दर्ता नम्बरमा चार दिनपछि अर्थात २० पुसमा दर्ता गरेको छ ।

निर्वाचन आयोगमा यादवको उजुरीको दर्ता नम्बर ११२६ रहेको बताएका छन् । यादवले कांग्रेसको निर्वाचन समिति र निर्वाचन आयोग दुवैमा लिखित उजुरी हालेका हुन् ।

यसपूर्व नेकपा एमालेमा सभासद रहेको रेकर्ड समेतबाट विपक्षी विनोद चौधरी कांग्रेसको केन्द्रीय सदस्य हुन अयोग्य रहेकोले मधेसी (खुल्ला) ५ पदको लागि अयोग्य घोषित गरी उनको स्थानमा छैटौँ वरीयताक्रममा रहेको निवेदकको नाम समावेश गरी त्यसको जानकारी विपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यालयलाई गराई पाऊँ, साहले भनेका छन्।

कांग्रेसको विधानविपरीत निर्वाचित भनिएका विनोद चौधरीका सम्बन्धमा पार्टी केन्द्रीय कार्यालय र केन्द्रीय निर्वाचन समितिमा उजुरी गर्दा पनि कुनै सुनुवाइ नभएपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४, १५, १७, ५७ समेतको आधारमा प्रस्तुत उजुरी निर्वाचन आयोगमा पेश गरेको बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू