Ads

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाए


काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेका छन् । आज भएको प्रेदशसभा बैठकमा अधिकारीको पक्षमा ३१ मत र विपक्षमा २७ मत परेको हो ।

अधिकारीले नेकपा एमालेका २१, माओवादी केन्द्रबाट ८ र राप्रपाका २ गरी ३१ जना सांसदबाट मत पाएका हुन् ।

अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । सत्ता गठबन्धनको नेकपा एमालेबाट अधिकारी मुख्यमन्त्री बनेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू