काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने/नदिने निर्णयका लागि सर्वदलीय बैठकलाई प्रतीक्षा गर्ने भएको छ ।
संसद सचिवालयले सभामुखको मनोनयन दर्ताको कार्यतालिका बुधबारको लागि राखेको छ ।
कांग्रेसले सभामुखमा उम्मेदवारी दिने/नदिने सन्दर्भमा पार्टीमा कुनै छलफल नभएको नेता रामचन्द्र पौडेलले जानकारी दिए । ‘सर्वदलीय बैठक बोलाउने भनेका छन् । त्यहाँ छलफल होला नि,’ पौडेलले भने, ‘पार्टीभित्र छलफल केही भएको छैन ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सर्वदलीय बैठकको आह्वान गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा भेटेपछि निस्कने क्रममा प्रधानमन्त्री प्रचण्डले कांग्रेसका बारेमा मंगलबार नै थाहा हुने बताए । उनले भने, ‘सरकारलाई विश्वासको मत दिने सबै पार्टीको भोलि (मंगलबार) बैठक छ । भोलि टुंगिन्छ ।’
कांग्रेस नेताहरुका अनुुुसार पार्टीको प्रमुख रुची राष्ट्रपतिका लागि छ । सभामुख कांग्रेसले प्राप्त हुने अवस्था बनेमा उपसभापति पूर्णबहादुर खड्का र नेता अर्जुनरसिंह केसी उक्त पदका आकांक्षी छन् ।
सत्तारुढ दलमा भने सभामुखमा एमालेबाट उम्मेदवार हुने सहमति बनेको छ ।
प्रतिक्रिया दिनुहोस्