हेटौडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिंदैछन् । प्रदेश सभा सचिवालयका अनुसार आज अपराह्न बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
गत २६ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका जम्मकट्टेलले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । बाग्मती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपा १३, नेकपा एकीकृत समाजवादीका ७, नेककिपाका ३ र हाम्रो नेपाली पार्टीका दुई सदस्य रहेका छन ।
प्रतिक्रिया दिनुहोस्