Ads

विश्वप्रकाश शर्माकाे दाबी : कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिमा चयन हुन्छ


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसबाटै राष्ट्रपति हुने ठोकुवा गरेका छन् । आफ्नो पार्टीले प्रस्ताव गरेको व्यक्ति मात्र राष्ट्रपतिमा चयन हुने भन्दै महामन्त्री शर्माले परिस्थितिमा बदलाव आइसकेकोले अहिले भनिएको सत्ता गठबन्धनबाट केही नहुने जिकिर गरेका हुन् ।

आज नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले अहिले सभामुखको निर्वाचनको समय भएको र त्यसपछि राष्ट्रपतिको विषयमा कुरा हुने भएकोले धेरै टिप्पणी गर्न जरुरी नभएको बताए ।

महामन्त्री शर्माले भने– “फरक ढंगले हामी गइरहेका छौँ । केही समयपछि शीतलनिवासमा कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिका रूपमा देख्नुहुनेछ ।”

अहिलेको सत्ता गठबन्धन चाँडै भत्किने उनको भनाइ रहेको छ । नेकपा (माओवादी केन्द्र) र कांग्रेसका नेताहरूबीचको छलफलपछि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएकोले यसलाई त्यति हलुका रुपमा नबुझ्न उनले आग्रह गरे ।

Ads

सम्बन्धित पोष्टहरू