Ads

कर्णालीका मुख्यमन्त्री : विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने


सुर्खेत । २७ पुसमा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दुई जना विनाविभागीय मन्त्रीसहित नियुक्ति भएको भोलिपल्ट शपथ लिए ।

शर्माले आफ्नै पार्टी नेकपा माओवादी केन्द्रका मंगलबहादुर शाही र नेकपा एमालेका विनोदकुमार शाहलाई विनाविभागीय मन्त्री बनाए । त्यसयता नत मन्त्रिपरिषद् विस्तार हुन सक्यो, नत विनाविभागीय मन्त्रीहरुले मन्त्रालय पाए ।

सत्ता साझेदार दल एमाले र माओवादीबीच मुख्यमन्त्रीबाहेक बाँकी रहेका ६ मध्ये समान तीन÷तीन मन्त्रालय लिने सहमति भएको छ । मन्त्रालयको संख्यामा भागबन्डा मिले पनि कुन मन्त्रालय कसले लिने भन्नेमा सहमति जुटन सकेको छैन् ।

विनाविभागीय मन्त्रीहरुले पदबहाली गर्न पाएका छैनन् । उनीहरूलाई कार्यालय समयमा बस्नका लागि मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्रीको प्रमुख स्वकीय सचिव र स्वकीय सचिवको कार्यकक्ष उपलब्ध गराइएको छ । मन्त्रीहरु बासका लागि होटेल र आफन्ताको घरमा बस्दै आएका छन् ।

सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीच कुरा नमिल्दा मुख्यमन्त्री शर्माले मन्त्रिपरिषद् विस्तार गर्न नसकेका हुन् । ६ माघमा विश्वासको मत लिन लागेका शर्माले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको माओवादी केन्द्रका सांसद कृष्ण जिसी बताउँछन् ।

 

Ads

सम्बन्धित पोष्टहरू