काठमाडौं । नेकपा (एमाले) दाङको अध्यक्षमा हुकुम बस्नेत निर्विरोध निर्वाचित भएका छन् । १३औं जिल्ला अधिवेशनबनट बस्नेत सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
अर्का नेता शिवकुमार आचार्यलेपनि पहिला अध्यक्षमा दाबी गरेका थिए तर अन्तिम समयमा आएर आफ्नो दाबी छाडेपछि बस्नेत निर्विरोध अध्यक्ष चयन भएका हुन् ।
एमालेको शुक्रबार राति जारी बन्दसत्रबाट नेतृत्वको घोषणा गरिएको थियो ।
जिल्ला कमिटी उपाध्यक्ष राममणि पाण्डे , सचिव मनोहर बुढाथोकी, उप–सचिव कृष्ण भुसाल र हिरादेवि पुनसहित १२१ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।
प्रतिक्रिया दिनुहोस्