काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले उपसभामुखमा आफ्नो कुनै पनि दाबी नरहेको बताएकी छन् ।
उनले ट्वीटरमा लेख्दै , मेरो उपसभामुखको दाबी गर्नेमा आफ्नो नाम पनि आएकोप्रति ध्यानाकर्षण भएको बताईन् । सांसद श्रेष्ठले कलष्टर मिलाउन जनजाति महिलाकै आवश्यकता भए पनि आफ्नो दाबी नभएको उनले बताइन् ।
‘रास्वापामा उपसभामुख मा दाबी गर्नेमा मेरो नाम आएकोमा ध्यानाकर्षण भएको छ उनले भनिन् उपसभामुखमा मेरो कुनै पनि किसिमको दाबी छैन,’ उनले ट्वीटरमा लेखेकी छन्, ‘पार्टीले क्लस्टर मिलाउनु पर्ने भएर जनजाति महिलाकै आवश्यकता भएमा पनि मेरो दाबी रहने छैन ।’
उनले आफू सांसद भएर नै आफ्नो योग्यता र ज्ञानलाई विधि निर्माण र पालनाका लागि अधिकतम प्रयोग गर्ने बताएकी छन् ।
उनले अघि लेखेकी छन्, ‘मेरो सधैंको वकालत छ कि कुनै पनि कुरा व्यक्तिविषेश नभएर विधि विषेश हुनु पर्छ । यसलाई पूरा गर्न सांसदकै हैसियतले सदनको क्यालेण्डर निर्माण लगायतका प्रक्रियाहरूलाई सुधार गर्न, जनहितका नीति निर्माण गर्न लागिरहनेछु ।’
उपसभामुखको निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ । आज मनोनयन दर्ता गर्ने कार्यतालिका छ । सत्ता गठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ ।
प्रतिक्रिया दिनुहोस्