काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेकाछन् ।
ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत नेता पुनलाई मन्त्री गिरीले भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका हुन् । वंशाणुगत जन्डिस रोगका कारण पीडित भएका नेता पुन गत पुस ३० गतेदेखि उपचाररत छन् ।
यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, नेकपा ९एमाले०का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेललगायतका नेताले पनि उपमहासचिव पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्