काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भएको भेटवार्ता सकिएको छ । शनिबार बिहान ओली निवास भक्तपुरको बालकोटमा भएको भेठवार्ता सकिएको छ।
प्रधानमन्त्री देउवा ओली भेट्न आज बिहान बालकोट पुगेका थिए । दुई जनाबीचको भेटवार्ता केही बेरअघि सकिएको हो।
पत्रकारले वार्ता कस्तो भयो भनेर सोध्दा एमाले अध्यक्ष ओलीले ‘राम्रो भएको प्रतिक्रिायमात्र दिएका छन् । दुबै नेताले भेटवार्ताबारे विस्तृत जानकारी दिएनन्।
प्रधानमन्त्रीको सचिवालयले भने प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच संसदको गतिरोध हटाउनेबारे छलफल भएको बताएको छ। तर छलफलमा के सहमति भयो ?जानकारी आइसकेको छैन।
दुवैले दुई नेताबीच मात्रै भेट भएका कारण कुन कुन विषयमा छलफल भयो भनेर बाहिर आएको छैन ।
प्रधानमन्त्री देउवालाई पाँचदलीय गठबन्धनद्वारा गठित उच्च स्तरीय राजनीतिक समन्वय समितिले शुक्रबार संसदमा जारी अवरोध खुलाउन एमाले अध्यक्ष ओलीसँग छलफल गर्न सुझाव दिएको थियो।
प्रतिक्रिया दिनुहोस्