तनहुँ । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले कुनै पनि राजनीतिक दलबाट सम्झौताका लागि प्रस्ताव आए सहकार्य हुने बताएका छन् । उनले पत्रकारसम्मेलन गरेर सहकार्यको लागि प्रस्ताव आए आफू तयार रहेको बताएका छन् ।
‘चित्तबुझ्दो तरिकाले प्रस्ताव आए कांग्रेससँग पनि सम्झौता हुनसक्छ’, आज दमौलीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने , ‘कांग्रेससँग नभए अन्य पार्टीसँग पनि सम्झौता गर्न सकिन्छ ।’ कुनै दलबाट पनि सहकार्यका लागि प्रस्ताव नआए आआफ्नो तरिकाले चुनाव लड्न सकिने नेता जोशीले बताए ।
तनहुँ क्षेत्र नं १ मा रहेका ४२ वटा वडामध्ये चालिस वडाका ९० स्थानमा पुग्दा स्थानीय जनताको उत्साह आफूप्रति मिलेको उल्लेख गर्दै उनले त्यसक्षेत्रका जनताले पाँच वर्ष सक्रिय राजनीतिमा आई दिन आकांक्षा जाहेर गरेको बताए । माघ मसान्तसम्म पालिकास्तरी भेला गराएर प्रशिक्षण दिने कार्यक्रम तय गरिएको उनले जानकारी दिए ।
कांग्रेसको सङ्गठन बिस्तारमा आफ्नो धेरै लगानी भएको र विसं २०१७ मा नेकां तनहुँको आफूले नै स्थापना गरेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्