जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेशले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका केही सांसदहरुले मधेस आन्दोलनका शहिदहरुप्रति अपमान भएको बताएका छन् ।
कांग्रेस मधेस प्रदेशका सभापति तथा संसदीय दलका नेता कृष्ण प्रसाद यादवले विज्ञप्ति जारी गर्दै मधेस आन्दोलनका शहिदहरुप्रति प्रधानमन्त्री प्रचण्डले अपमान भएकोमा दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले नै मौन धारण नगरेकोले मधेसमा आलोचना भइरहेको छ । सो विषयमा कांग्रेस मधेसका सभापति यादव विज्ञप्ति जारी गरेर प्रधानमन्त्री प्रचण्डमाथि मधेस विरोधी आरोप लगाएका छन् ।
‘मौनधारणको अनुरोधलाई प्रधानमन्त्री लगायतका कतिपय सांसदज्यूहरूले अवज्ञा गर्नु दुःखद छ’, उनले विज्ञप्तिमा भनेका छन्, ‘यो घटनाबाट हाम्रा शासकहरू मधेसका शहीदहरूप्रति समेत वैरभाव राख्छन् भन्ने प्रष्ट हुन्छ ।’
मधेश आन्दोलनका सहिदहरूप्रति प्रधानमन्त्री प्रचण्ड लगायतको रवैया मधेस र मधेसी जनताप्रतिको अपमान र मधेशीजनविरुद्ध व्याप्त विभेदपूर्ण मानसिकताको उपज भएको कांग्रेस मधेशका सभापति यादवले टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभामा भएको घटनाप्रति दुख व्यक्त गर्दै उनले आगामी दिनमा यस्ता विभेद र अपमानपूर्ण व्यवहार नगर्न प्रधानमन्त्री प्रचण्डलगायत सम्बन्धित सबैलाई ध्यानकर्षण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्