नेकपा एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी निर्वाचित भएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका पुरुषोत्तम घिमिरेले निर्वाचनको समय हुने बेलामा उम्मेदवारी फिर्ता लिएपछि नवौं जिल्ला अधिवेशनबाट केसी सर्वसम्मत रुपमा अध्यक्ष बनेका हुन् । त्यस्तै उपाध्यक्ष जागेश्वरदेवी चौधरी निर्वाचित भएकी छन् ।
उनी रुपन्देहीको तिलोत्तमा नगरपालिकाको उपप्रमुख समेत हुन् । त्यस्तैगरी सचिवमा यज्ञ गैरे चयन भएका छन् । सचिवमा खेमप्रसाद लुइँटेलले दिएको उम्मेदवारी फिर्ता लिएका हुन् ।
अधिवेशनले रूपन्देही जिल्ला कमिटी १५१ सदस्यीय बनाएको छ ।
उपसचिवद्वयमा चित्रबहादुर कार्की र हितराज पन्थी चयन भएका छन् । कार्की रुपन्देहीको सैनामैना नगरपालिकाका प्रमुख समेत हुन् । रूपन्देही एमालेका प्रभावशाली नेताहरू उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा र अर्का नेता घनश्याम भुसालको गृहजिल्ला हो ।
प्रतिक्रिया दिनुहोस्