Ads

बाघ नियन्त्रणमा लिन नसक्दा सर्वसाधरण त्रसित


काठमाडौँ । बाँकेको राप्तीसोनारी गाउँपालिकामा सर्वसाधरणत्रसित बनेका छन् । दिनहुँ आतङ्क मच्चाइरहेको बाघलाई नियन्त्रणमा लिन नसक्दा सर्वसाधारणहरु त्रसित बनेका हुन् ।

बाघले दुई दिनको अन्तरालमा राप्तीसोनारीमा दुई महिलाको ज्यान लिनुका साथै स्थानीयवासीलाई आक्रमणको प्रयास गरेको जनाइएको छ । राप्तीसोनारी –६ फत्तेपुर निवासी लालबहादुर थापाका अनुसार बाघले विगत एक हप्तादेखि राप्तीपारीस्थित बैजापुर, बिनौना र फत्तेपुरको जङ्गलभित्र मान्छे र पशु चौपायामाथि निरन्तर आक्रमण गर्दै आएको छ जसका कारण राप्तीपारीका स्थानीयहरु त्रसित छन् ।
बाघको आक्रमणबाट शनिबार राप्तीसोनारी–६ फत्तेपुरकी २९ वर्षीया चादनी थारु र बिहीबार राप्तीसोनारी ४ पर्सोनाकी ५३ वर्षीया लिला विष्टको मृत्यु भएको थियो । यसअघि राप्तीसोनारी–१ गाभर र नरैनापुरमा एक÷एक जनाको मृत्यु भएको हो । बाँकेमा बाघकै आक्रमणबाट तीन महिनाभित्र चार जनाले ज्यान गुमाइसकेको छ ।
बाघलाई नियन्त्रण गर्नका लगी बाँके राष्ट्रिय निकुञ्जले विगत तीन दिनदेखि राप्तीपारी क्षेत्रमा दुई हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको छ । बाघले आतङ्क मच्चाइरहेको स्थान राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रअन्तर्गत पर्ने भएकाले डिभिजन वन कार्यालय बाँकेका कर्मचारी पनि परिचालित भएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू