Ads

मलाई मतदाताले दुई–दुई पटक हराएर राम्रो गरेछन् : रविन्द्र मिश्र


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफूलाई काठमाडौं क्षेत्र नं. १ का मतदाताहरुले हराएर राम्रै गरे कि जस्तो लाग्न थालेका धारणा राखेका छन् । सोमबार सामाजिक सञ्जाल मार्फत मिश्रले यस्तो धारणा राखेका हुन् ।

मिश्रले लेखेका छन्–‘म नेपाली राजनीतिका लागि योग्य पात्र नै होइन कि भन्ने अनुभूति हुन्छ, बेलाबखत । दुईपटक मेरो क्षेत्रका मतदाताले झिनो मतको अन्तरले मलाई हराएर ठिकै पो गरेछन् कि जस्तो पनि लाग्छ ।’

यसका साथै मिश्रले ‘गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो’ भन्ने चट्टानी दृढताको अगाडि त्यो क्षणिक निराशा टिक्न नसकेको उल्लेख गरेका छन् ।

उनी अगाडि लेख्छन्–‘यो देश नबदलिएसम्म त मलाई कालले पनि लाँदैन’ भनेर त्यसै भनेको कहाँ हुँ र, बिहानी निराशा/बिहानी दृढता ।’

Ads

सम्बन्धित पोष्टहरू