Ads

ललितपुरमा खोप अभियान तिव्र


काठमाडौँ । ललितपुरमा जिल्लामा पनि आज(मंगलबार) देखी विद्यार्थी लक्षित खोप अभियान संचालन भएको छ । बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै १२ वर्ष देखी १७ वर्ष सम्मका विद्यार्थीलाई फाइजर– वायोएनटेक खोप अभियान संचालन गरिएको हो ।

ललितपुर जिल्लाको ६ वटै पालिकामा कोरोनाविरुद्धको फाइजर खोप लगाउन थालिएको छ । ललितपुर महानगर संगै अन्य पलिकामा पनि आज देखी खोप अभियान संचालनमा आएको हो ।

आज(मंगलबार) देखी सुरु हुने खोप कार्यक्रम शनिबार बाहेक माघ ४ गतेसम्म चल्ने छ । ललितपुर महानगरपालिकामा माघ २ गते सम्म, महालक्ष्मि नगरपालिकामा माघ ४ सम्म, गोदावरी नगरपालिकामा माघ ३ सम्म, कोज्योसोम गाउँपालिकामा पौष २९ सम्म, महाकाल गाउँपालिकामा भोलि(बुधबार) सम्म र बागमती गाउँमालिकामा पौष ३० गते सम्म अभियान संचालन हुनेछ ।

स्वास्थ्य कार्यालय ललितपुर र जिल्ला कोभिड–१९ खोप अनुगमन तथा व्यवस्थापन समिती ललितपुरका अनुसार विद्यालयसंग सम्पर्क गरेर तोकिएको समयमा खोप केन्द्रमा जानका लागी अभिभावक तथा विद्यार्थीहरुमा अनुरोध समेत गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू