काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्की प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भेटवार्ता हुँदै । बालुवाटारमा भएको भेटमा प्रदेश सरकारको काम कारबाही र सरकार विस्तारबारे छलफल भएको छ । नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता कार्की यही पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
कार्कीलाई गठबन्धनमा आबद्ध ४ दलका ६० जना प्रदेशसभा सदस्यले समर्थन गरेका थिए ।एमालेसहित सत्ता साझेदार दलहरू माओवादी, राप्रपा र जसपाका सांसदहरूले कार्कीलाई समर्थन गरेका छन् । सरकार विस्तार र न्यूनतम साझा कार्यक्रममा सहमति जुट्न नसकेपछि मुख्यमन्त्रीले केन्द्रका नेतासँग सहयोग मागिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्