Ads

परराष्ट्रमन्त्री पौड्याल श्रीलङ्का प्रस्थान गर्दै


काठमाडौं । परराष्ट्रमन्त्री डा विमला राई पौड्याल श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसमा अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

उनी आफ्ना श्रीलङ्काली समकक्षी अली साब्रीको निमन्त्रणामा कोलोम्बोमा यही माघ २० र २१ गते ९फेब्रुअरी ३ र ४ तारिख० मा हुने विशेष समारोहमा अतिथिको रुपमा सहभागी हुन दिउँसो १२ बजे त्यसतर्फ प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री पौड्याल माघ २० गते कोलम्बोमा आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै स्वतन्त्रता चोकमा राष्ट्रपतिको सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सव ‘लङ्कारालङ्का’मा सहभागी हुने कार्यक्रम छ ।

यसैगरी उहाँ माघ २१ गते ७५औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी हुनुहुने, श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुहुने र राष्ट्रपतिले राष्ट्रपति भवनमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । परराष्ट्रमन्त्री डा पौड्याल यही माघ २५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

Ads

सम्बन्धित पोष्टहरू