Ads

रास्वपालाई गगनको प्रश्न : सरकारमा किन गएको ? किन छाडेको ?


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई विश्वासको मत किन दिएको भनेर आफूहरुलाई प्रश्न गर्न मिल्ने बताएका छन् ।

तर एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि यस्तै प्रश्न उठ्ने उनले बताए । बुधबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री थापाले भने, ‘हम करेतो रासलिला, तुम करे तो क्यारेक्टर ढिला !’

पछिल्लो समय यस्तो प्रश्न गर्दा पन्छाउने वा व्यक्तिगत रुपमा लिन थालिएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

महामन्त्री थापाले अरु भन्दा भिन्न छौं भनेर आएको राष्ट्रिय स्वतन्त्र पार्टीले धेरैले सोचेभन्दा धेरै मत पाएको र यसले आफूलाई सच्चिन दबाव दिएको बताए ।

त शीर्ष नेताहरुविरुद्ध नो नट अगेन भनेर मत मागेको भन्दै यो दल किन सरकारमा गएको र किन छाडेको भनेर प्रश्न गरे । उनले सोधेका छन्, ‘सरकारमा किन गएको पनि बताउनु नपर्ने ? सरकारबाट किन बाहिरिएको पनि बनाउनु नपर्ने ?’

सरकार छाड्दै गर्दा आफूहरुसँग भएको सहमति पालाना नभएको भनेको भन्दै उनले भने, ‘सहमति पालना नगरेको प्रधानमन्त्रीले होइन ? हो भने सबभन्दा रिसाउनुपर्ने प्रधानमन्त्रीसँग होइन ? अनि सरकार छाड्दै गर्दा समर्थन लिनुपर्ने होइन ?’

‘हामीलाई किन समर्थन गरेको भने जस्तै समर्थन किन फिर्ता नलिएको भन्ने प्रश्न उठ्दैन ? कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ प्रश्न सोध्न नमिल्ने हो ?’

सञ्चार माध्यमहरुलाई लान्छित गर्ने रास्वपा सभापति रवि लामिछानेको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले यसबारे धेरै प्रतिक्रिया दिन आवश्यक नभएको बताए । ‘हामी के ठान्छौं भने प्रेस सिस्टमको अभिन्न अंग हो, त्यहाँ समस्या पनि छ,’ महामन्त्री थापाले भने, ‘नेपालको प्रेसले पनि आफ्नो बारेमा प्रश्न गरोस् । तर प्रेसलाई ‘ब्ल्यांकेट डिस–क्रेडिट’ गर्यो भने लोकतन्त्रमै समस्या आउँछ ।’

उनले अघि भने, ‘प्रेसलाई पनि डर हुनुहुन्न, हामीलाई पनि प्रेसको पनि डर हुनुहुन्न ।’

 

Ads

सम्बन्धित पोष्टहरू